नेकपा (माओवादी केन्द्र) रामेछापले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि केन्द्रीय सदस्य युवराज चौलागाईं लगायत ६ जनाको नाम सिफारिस गरेको छ।
पार्टीको जिल्ला समन्वय समितिको बैठकले चौलागाईं सहित बहालवाला सांसद श्याम श्रेष्ठ, पूर्व सांसद डिल्लीमान तामाङ, पूर्वसांसद लक्ष्मी गुरुङ र दोरम्बा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष कमानसिंह मोक्तानको नाम सिफारिस गरेको हो।
यस अघि जिल्लाका आठ वटा स्थानीय तहका पार्टी कमिटीहरुले पनि उक्त पदका लागि उम्मेदवार सिफारिस गरेका थिए।
चौलागाईंको नाम धेरै स्थानीय तहबाट सिफारिस भएको माओवादी स्रोतले जनाएको छ।
219
Shares
प्रतिक्रिया