नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रूखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू रूख चिन्हमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए।
बागमती प्रदेशका चितवन ३ धादिङ १ सिन्धुपाल्चोक १ काभ्रे १ काठमाडौं ८ काठमाडौ २ रामेछाप, मकवानपुर १ नुवाकोट १ ललितपुर १ कांग्रेसले गठबन्धनका अन्य दलहरूलाई सिट छाड्नुपर्ने छ।
सिट बाँडफाँडको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेलामा जिल्ला सभापतिहरूले रूख भन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन्।
कांग्रेस एक्लै चुनाव लड्नुपर्ने भन्दै रूख भन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले भने 'भइहाल्छ,भइहाल्छ' भनेका थिए।
Shares
प्रतिक्रिया