प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस पनि बलियो हुने बताएका छन्।
१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा शुक्रबार गरेको कार्यक्रममा देउवाले यसो भनेका हुन्।
'गठबन्धन जोगाएर लैजान आवश्यक छ। गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो', कांग्रेस सभापतिसमेत रहेका देउवाले अगाडि भने।
गठबन्धन नहुँदा नेपालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हैकमवाद चलेको बताउँदै उनले भने, 'त्यसबेला कांग्रेस नेता-कार्यकर्ताहरू डरले थरथर हुने गर्थे।'
उनले त्यसबेला सबै मिलेर ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको पनि स्मरण गराए।
'त्यसबेला सबैजनाले ओलीलाई सत्ताबाट हटाउनुपर्छ भनेको हो नि!', उनले भने,'गठबन्धन गरेर हटाएर आज के भयो? पहिले हामीसँग केही थिएन। अहिले हाम्रो नेतृत्वको सरकार छ। मुख्यमन्त्री पनि हाम्रै छन्। गठबन्धन रहिरहे यो त फेरि पनि भइरहन्छ।'
Shares
प्रतिक्रिया