जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सम्मानजनक स्थान नदिइए जसपा गठबन्धनमा बस्न बाध्य नहुने दोहर्याएका छन्। काठमाडौँमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै निर्वाचन लड्ने चेतावनी दिएका यादवले जनकपुरधाममा फेरी सो चेतावनी दोहर्याएका हुन् ।
पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधिसभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उतारिएको दावी गर्दै यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए।
लोकतन्त्र र संविधानको रक्षाका लागी जसपाले सडक आन्दोलन गर्यो,’ जसपा अध्यक्ष यादवले भने ‘आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र हुँदैछ,’
जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय नगर्ने उनको दावी थियो। उनले भने ‘यद्यपि अहिले पनि हामी गठबन्धनबाटै अगाडी बढ्न तयार रहेका छौँ।’
मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भईरहेको छ, यादवले भने ‘जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टले नगरोस् चेतावनी दिन चाहन्छु ।’
Shares
प्रतिक्रिया