नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसले युद्ध लडेको उसैले धेरै शान्तिको महत्व बुझ्ने बताएका छन्।
दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन्।
सम्बोधनका क्रममा भगवान गौतम बुद्ध, उनको शान्तिको मार्ग र शान्तिका सन्देशको चर्चा गर्दै प्रचण्डले त्यसको महत्व आफूले सबैभन्दा बुझेको पनि बताएका छन्।
'हामी बुद्ध जन्मेको देशका बासिन्दा हौँ । बुद्ध, बुद्धका शिक्षा र शान्तिका सन्देशलाई हामीले आत्मसाथ गरेका छौँ', उनले भने, 'शान्तिको महत्व त्यसले नै बुझेको हुन्छ, जसले युद्धलाई नजिकबाट देखेको हुन्छ।'
प्रचण्डले राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने पनि बताएका छन्।
'हामीले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना छन्', उनले भने, 'हामीले चाहेमा
चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौँ। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौँ।'
Shares
प्रतिक्रिया