ad ad

राजनीति


पार्टी फुटाएपछि पहिलो पटक निर्वाचन क्षेत्रको कार्यक्रममा एमाले सांसदसँगै माधव नेपाल

पार्टी फुटाएपछि पहिलो पटक निर्वाचन क्षेत्रको कार्यक्रममा एमाले सांसदसँगै माधव नेपाल

एमाले सांसद मणिराम फुयाँलसँगै मञ्चमा माधवकुमार नेपाल


नेपालखबर
भदौ २६, २०७९ आइतबार १३:६, काठमाडौँ

अघिल्लो वर्ष साउनमा पार्टी विभाजन गरेर एकीकृत समाजवादी खोलेपछि माधवकुमार नेपाल एमाले सांसदसँग पहिलो पटक एकै मञ्चमा देखिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पानी बाराबार गरिएका समाजवादी अध्यक्ष नेपाल २०७४ निर्वाचित काठमाडौं क्षेत्र नम्बर २ को एक कार्यक्रममा सँगै देखिएका हुन्। 

उनी तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा १६५ वटै निर्वाचन क्षेत्रमा लागू हुने गरी शुरू गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडक शिलान्यासका क्रममा एमालेका प्रदेश सांसद मणिराम फुयाँलसँगै एकै मञ्चमा देखिए। 

आइतवार काठमाडौ निर्वाचन क्षेत्र नं. २ को साँखु-बज्रयोगिनी- घुमारीचोक-लप्से-चौकी भन्ज्याङ हुँदै कुण्डेश्वर सडक निर्माणका क्रममाह शंखरापुरमा सहभागी थिए। 

एमालेका प्रदेश सांसद फुयाल २०७४ को निर्वाचनमा काठमाडौं २ (ख) बाट निर्वाचित भएका थिए। अध्यक्ष नेपाल यसअघि पार्टी फुटाएपछि एमाले सांसद फुयाँलसँगै कहिल्यै एकै सार्वजनिक मञ्चमा देखिएका थिएनन्। 

अध्यक्ष नेपाल पार्टी विभाजनपछि एमाले सांसदसँगै आफ्नो निर्वाचन क्षेत्रमा पहिलो पटक सार्वजनिक कार्यक्रमा सहभागी भएका हुन्। 

यसअघि नेपाल विवाह, ब्रतबन्ध र मान्छे मरेको ठाउँमा सहभागी हुन पुग्थे। तर सार्वजनिक कार्यक्रममा दुवै दलका सांसद एकै ठाउँ देखिएपछि कार्यकर्ता उत्साहित भएका छन्।

शंखरापुरका स्थानीयबासी तीर्थ न्यौपानेका अनुसार उक्त कार्यक्रममा नेकपा एमाले र समाजवादीका कार्यकर्ता एकै ठाउँमा जुटेका थिए। 

एमाले विभाजित हुँदा पनि माधव नेपालको यो क्षेत्रमा ठूलो क्षति पुगेको थिएन। समाजवादीमा लागेका केही नेता कार्यकर्ता पनि एमालेमै फर्किएका थिए।

अध्यक्ष नेपाल आगामी मंसिरको निर्वाचनमा काठमाडौं २ छाडेर रौतहट जाने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .