ad ad

राजनीति


सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, आज पनि जुट्दै शीर्ष नेता

सत्ता गठबन्धनमा सिट बाँडफाँटको सकस, आज पनि जुट्दै शीर्ष नेता

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार ७:१६, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दैछ। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालका अनुसार सोमबार (२७ भदौ) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन्।

पटक पटकको छलफलमा पनि सिट बाँटफाँटको विषयमा नेताहरूले टुंगो लगाउन सकेका छैनन्। 

एक नेताका अनुसार गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसमेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएका हुन्।

तर, त्यो सहमति दशैँ पछिमात्र सार्वजनिक गर्ने तयारी छ।

गठबन्धनले सिट बाँडफाँटमा शीर्ष तहमा जुटायो सहमति, ‘फाइनल टच’ असोज दोस्रो सातापछि

गठबन्धनले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा भएपछि गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा समझदारी बनाउन कार्यादेश दिएर २१ साउनमा ११ सदस्यीय कार्यदल बनाएको थियो।

एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो।

सोही अपुरो रिपोर्टको बारेमा गठबन्धनमा छलफल जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .