नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
उनीहरुबीच संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
सोमबार दिउँसो काठमाडौं उत्रिएका लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले स्वागत गरेका थिए।
नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्। उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन्।
36
Shares
प्रतिक्रिया