ad ad

राजनीति


नागरिकता विधेयकबारे राष्ट्रपतिद्वारा कमल थापासँग छलफल

नागरिकता विधेयकबारे राष्ट्रपतिद्वारा कमल थापासँग छलफल

नेपालखबर
भदौ २७, २०७९ सोमबार २०:५३, काठमाडौँ

विवादित नागरिकता विधेयकबारे विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग छलफल गरेकी छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

अध्यक्ष थापाले संसदको दुवै सदनले दुई चोटी पारित गरेको नागरिकता विधेयकका विरुद्ध आफूलाई उभ्याएका छन्। राष्ट्रपतिसँगको भेटका क्रममा पनि उनले विधेयकबारे राष्ट्रपतिको कदमको समर्थन गरे। 

संसदले पास गरेर पहिलो पटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको सो विधेयक संसदले पुनः जस्ताको तस्तै पारित गरी राष्ट्रपति कार्यालयमा पठाएको छ। 

विधेयकबारे राष्ट्रपति भण्डारीले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .