संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले काठमाडौंमा आज असोज १ गते बिहान वाकाथन (पैदलयात्रा) आयोजना गरेको छ।
संविधान दिवस असोज ३ गते भए पनि यस अवसरमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज वाकाथन (प्रभात भ्रमण) आयोजना गरेको हो।
एमाले नेताहरूका अनुसार शनिबार बिहान पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म वाकाथन हुनेछ।
एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रूपमा मनाउने उद्देश्यले असोज १ गते वाकाथन आयोजना गरेको हो।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार संविधान दिवस ३ गते १ गते शनिबार पर्ने भएकाले वाकाथन आयोजना गरिएको हो।
आफूले आयोजना गर्ने वाकाथानअन्तर्गत एमालेले मर्निङवकामा सहभागी हुन यातायात क्षेत्रका सम्पूर्ण नेतृत्व तथा श्रमिकलाई आह्वान गरेको छ।
उसले जारी गरेको सूचनाअनुसार कुपन्डोल, लैनचौर, बानेश्वर, मैतिदेवी, कालिमाटीबाट पैदलयात्रा प्रारम्भ गरिनेछ। अहिले बिहान पौने ७ बजे पैदलयात्राका लागि तोकिएका स्थानमा भेला हुने जनाइएको छ।
Shares
प्रतिक्रिया