नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ।
आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको आजको बैठकमा टुंगो लगाइने बताइएको छ।
शनिबार (१ असोज) साँझ पनि सचिवालयको अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसेको थियो। सो बैठकले उम्मेदवारहरुको सूची तयार गर्न नसकेपछि आज दिउँसो ११ बजेलाई बैठक पुनः बोलाइएको छ। प्रचार विभाग उपप्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार आजको बैठकले समानुपातिक उम्मेदवारहरुको सूची तयार पार्दै छ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका थिए।
संघीय र प्रदेशतर्फका उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितालाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छmलफल भएको गुरुङले बैठकपछि बताएका थिए।
Shares
प्रतिक्रिया