काठमाडौं महानगरपालिकाकी मेयर सुनिता डंगोलले काठमाडौं महानगरवासीले देखेको विकास समृद्धिको सपनामा हातेमालो गर्दै अघि बढ्ने प्रण गरेकी छिन्।
आठौं संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रण गरेकी हुन्।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यहि दिनको सम्झना र सम्मानमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण महानगरवासी र आम नेपालीमा शुभकामना व्यक्त गर्दछmु’ शुभकामना सन्देशमा भनिएको छ, ‘त्योसँगै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनका क्रममा जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु।’
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्न सकेको उनले सन्देशमा उल्लखे गरेकी छिन्।
‘म संविधान दिवसकै अवसरमा काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गर्न चाहन्छु। त्यसैगरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापितमा पनि जोड दिन चाहन्छु,’ उनले सन्देशमा भनेकी छिन्, ‘संविधान दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्ने चाहन्छु । संविधान दिवसकै अवसरमा जनप्रतिनिधिको हैसियतले महानगरवासीले देखेको विकास समृद्धिको सपनामा हातेमालो गर्दै अघि बढ्ने प्रण पनि व्यक्त गर्न चाहन्छु। यहाँको विकास र समृद्धिलाई मृगमरिचीको कथा बन्न नदिने प्रतिवद्धता व्यक्त गर्दै आम महानगरवासीलाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि अपिल गर्दछु ।’
Shares
प्रतिक्रिया