नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिकको बन्दसूचीलाई ‘बन्द’मै राख्न आग्रह गरेका छन्।
निर्वाचन आयोगमा संचारकर्मीसँग कुराकानी गर्दै शर्माले बन्दसूची भएको कारणले त्यसलाई अहिले खुलाउन आफूलाई प्रश्न नगर्न आग्रह गरे। ‘बन्दसूची भएको हुनाले अहिले बन्द मै राखौं’ शर्माले भने।
हजारौंको इच्छा आएको र त्यसबाट ११० जनालाई छानिएको उनले बताए।
साथै, उनले आगामी ४ मंसिरमा हुने निर्वाचनलाई अवसरको रुपमा प्रयोग गरेर हिँड्न आग्रह समेत गरे। ‘हामी प्रतिस्पर्धामा छौं, यो अवसरलाई उपयोग गरेर देशको सन्दर्भमा आफ्नो लोकतान्त्रिक हक अधिकारको प्रयोग गरेर देशको सन्दर्भमा आफ्नो अभिमत जाहेर गर्नलाई नेपाली मतदातामा अपिल गरिरहेका छौं।’ शर्माले भने।
नेपाली कांग्रेसलाई बहुमत लक्षित दलको रुपमा विजयी गराउनेमा आफू विश्वस्त रहेको उनले बताए।
‘पार्टीको तर्फबाट प्रतिस्पर्धामा रहेका दलहरुलाई आचार संहिता कार्यान्वयन गर्दै, स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका लागि अपिल गर्छौं,’ शर्माले संचारकर्मीसँग भने, ‘यो लोकतान्त्रिक प्रतिस्पर्धा हो, कुनै रेस्लिङ होइन्। एउटाले आफ्नो अभिमत राख्दैगर्दा अभिव्यक्ति शालिन ढंगको प्रस्तुत हुन जरुरी छ।’
उम्मेदवारी दर्तापछि नेपाली कांग्रेस घोषणापत्र बनाउनेतिर अघि बढ्ने उनले बताए। सो घोाषणापत्रमार्फत अबको ५ वर्षमा कांग्रेसले कसरी अघि बढाउँछ भन्नेतिर लाग्ने उनले बताए।
Shares
प्रतिक्रिया