नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानवादकै हुर्मत लिएको टिप्पणी गरेका छन्।
संसदका दुवै सदनले दुई दुईपटक पारित गरेर पठाएको नारिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले दोस्रोपटक पाएको १५ दिनको समयसीमा (मंगलबार राति १२ बजे) पनि गुजारेकी हुन्।
नागरिकता विधेयक सही र गलत छुट्याउने जिम्मेवारी जनता, संसद् तथा सरकारको भएको उल्लेख गर्दै नेता केसीले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको बताएका छन्।
‘नागरिकता विधेयक कति सही र गलत छन्? यो जनताको विवेकले ठम्याउने र संसद् तथा सरकारको जिम्मेवारीको विषय हो’, नेता केसीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर किटानी संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन गर्दै संवैधानिक राष्ट्रपतिले अस्वीकृत गर्नु संविधान र लोकतन्त्र, शक्ति सन्तुलन, नियन्त्रण र पृथकीकण तथा संविधानवादको हुर्मत लिएको छ।’
Shares
प्रतिक्रिया