सत्ता गठबन्धनको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय गठबन्धनका शीर्ष नेताबीच केही बेरअघिबाट छलफल सुरु भएको हो।
बैठकमा राष्ट्रपतिले प्रमाणीकरण नगरी मिति गुजारेको नागरिकता विधेयक लगायत पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जानकारी दिए।
‘हामी भर्खर छलफलमा जुटेका छौँ, राष्ट्रिय परिस्थिति, लगायतबारे अवश्य कुरा हुन्छ’, नेपालखबरसँग कुरा गर्दै ती नेताले भने।
81
Shares
प्रतिक्रिया