विवेकशील साझा पार्टीले प्रकाशचन्द्र परियारलाई प्रवक्तामा नियुक्त गरेको छ।
पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत रहेका परियारलाई अध्यक्ष समीक्षा बास्कोटाले बिहीबार प्रवक्तामा नियुक्त गरेकी हुन्।
एक दशकसम्म पत्रकारिता गरेका परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियाबाट नेतृत्व विकासको तालिम लिएका छन्।
परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन्। उनी सुनसरी इटहरीका स्थायी बासिन्दा हुन्।
33
Shares
प्रतिक्रिया