निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो।
सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो।
तर आव २०७९/०८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
सोही कारण के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा अर्थसँग आयोगले विवरण बुझाउन २४ घण्टे समयसीमा दिएको हो।
Shares
प्रतिक्रिया