ad ad

राजनीति


निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलायो

निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलायो

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार ७:४७, काठमाडौँ

निर्वाचन आयोगले आज (९ असोज) राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्नका लागि दिउँसो राजनीतिक दलहरुलाई बोलाइएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा राजनीतिक दलका प्रमुखहरुलाई छलफलमा बोलाइएको छ। 

निर्वाचन आचारसंहिता, निर्वाचनको तयारी लगायतका विषयमा छलफलका गर्नका लागि दलहरुलाई बोलाइएको आयोगले जनाएको छ। 

‘दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका बारेमा छलफल हुन लागेको हो’, प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुसँग निरन्तर संवाद हुनु स्वभाविक हो।’

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। सोहीबारे आज छलफल गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .