नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नभएको बताएका छन्। प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘यहाँ साथीहरुले फेरि प्रधानमन्त्रीको कुरा पनि आयो, केही वर्षदेखि म प्रधानमन्त्रीको रेसमा केही वर्ष देखि छैन्। म लोकतन्त्रको रक्षा, संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो।’ प्रचण्डले सम्बोधनको क्रममा भने।
साथै, उनले चाहेको भए ०७४ कै निर्वाचनपछि पाँच वर्षका लागि प्रधानमन्त्री बन्नसक्ने अवस्था भएको बताए। ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो । अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’ प्रचण्डले भने।
अहिले समाजले चाहेको आर्थिक विकास र समृद्धि भएको उनले बताए। ‘देशमा राजनीतिक स्थायीत्व आवश्यक छ,’ प्रचण्डले भने, ‘अबको दशक समृद्धिको दशक हो। अबको क्रान्ति आर्थिक क्रान्ति हो।’
जनमत निर्माण गर्ने काम मुख्य भएको प्रचण्डले बताए।
‘स्थानीय तहको निर्वाचनमा २÷४ सिटछ बढी र कम कसले जित्यो भन्ने होइन, संविधान नै धरापमा पर्ने हो कि, लोकतन्त्र नै दुर्घटनामा पर्ने हो कि, संघीय शासन प्रणाली नै दुर्घटनामा पर्ने चिन्ता भइरहेको बेलामा फेरि वर्षों निर्वाचन गर्नै नसक्ने स्थिति सिर्जना हुने हो कि भन्ने अवस्थामा नेपाली जनताले सक्रिय सहभागीता सहित आफ्नो फैसला दिनुभयो,’ प्रचण्डले भने,‘जनमत निर्माण गर्ने मुख्य कुरा हो। प्तिगमनकारीहरुले पनि जनमत तयार गर्न प्रयास गर्छन्। परिवर्तनकारी र लोकतन्त्रवादीले पनि प्रचार गर्नका लागि प्रयास गर्छन्।’
Shares
प्रतिक्रिया