राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन्।
बुधवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरुको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताए।
उनले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताए। नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिवद्धता जनाए।
‘हामी सबै मिलेर ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्नेछ। यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ। यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो। यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो', उनले भने, 'धेरै वर्षअघि एउटा ठूलो आशा लिएर महाकाली सन्धी गरेको थिएँ। यत्तिका वर्ष त्यो थन्कियो। यो पाली त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ। हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ। अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछौँ। यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन। अब यो मुलुकलाई उज्यालो दिनुपर्छ।’
उनले देशलाई अब राप्रपाले अपार उन्नतिको बाटोमा लैजाने दाबी गरे। राणाले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पारेका छन्।
Shares
प्रतिक्रिया