नेपाली कांग्रेस संस्थापन इतर समूहले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा अहिले बिहान सवा ८ बजे आयोजना हुने उक्त कार्यक्रम चाडबाडको शुभकामना आदानप्रदानका साथै ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ पनि भएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ।
कार्यक्रममा डा. शेखर कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुने बताइएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो।
Shares
प्रतिक्रिया