ad ad

राजनीति


एमालेले गिरिराजमणिसँग भिड्ने उम्मेदवार टुंग्याउन सकेन

एमालेले गिरिराजमणिसँग भिड्ने उम्मेदवार टुंग्याउन सकेन

नेपालखबर
असोज २२, २०७९ शनिबार २१:३१, सर्लाही

महोत्तरी क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका गिरीराजमणि पोखरेल उम्मेदवार बन्ने पक्का भएको छ। 

तर एमालेले पोखरेलसँग पतिस्पर्धा गर्ने उम्मेदवार अझै टुंग्याउन सकेको छैन। पोखरेल महोत्तरी १ बाट निर्वाचित निवर्तमान सांसद हुन्। 

उनले महोत्तरी १ बाट लगातार तीन पटक चुनाव जितिसकेका छन्। महोत्तरी १ मा एमालेबाट दुईजना टिकटका आकांक्षी छन्।

कुमार भण्डारी र शंकर महतो एमालेबाट टिकटका आकांक्षी हुन्। एमालेको स्थानीय कमिटीले महोत्तरी १ बाट भण्डारी र महतोको नाम सिफारिस गरेको छ। 

तर एमालेका प्रभावशाली नेता रघुवीर महासेठ यो क्षेत्रमा जसपाका लक्ष्मी महतोलाई टिकट दिन चाहेको स्रोतको दावी छ। 

महतो उपेन्द्र यादव नेतृत्वको जसपाका केन्द्रीय सदस्य हुन्। ०७४ को निर्वाचनमा पनि महतो यादव नेतृत्वकै पार्टीबाट पोखरेलका निकटतम प्रतिस्पर्धी बनेका थिए। 

पोखरेल २३ हजार ७७६ मतसहित विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए।

त्यतिबेला कांग्रेसका सीताराम भण्डारीले ९ हजार ४७५ मत ल्याएका थिए।

एमालेका स्थानीय नेता भण्डारी बर्दिवासका व्यसायी हुन् भने शंकर महतो एमालेका नव प्रवेशी। 

गिरीराजमणिका दाहिने हातको रूपमा चिनिँदै आएका महतो एक महिना अघिमात्रै एमाले प्रवेश गरेका थिए। एमाले प्रवेश गर्नुअघि उनी वाईसीएल मधेस प्रदेश संयोजक थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .