रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका राजु गुरुङले एउटै व्यक्ति नेता बनिरहने क्रमको अन्त्य हुने बताएका छन्। सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।
बुटवललाई बदल्न आफ्नो उम्मेदवारी भएको भन्दै एउटै मान्छे स्थायी नेता हुने प्रक्रियाको क्रमभंग हुने दाबी गरे।
यो क्षेत्रबाट एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक जितेका छन्।
प्रतिनिधि सभामा रुपन्देही २ बाट राजु गुरुङ उम्मेदवार बन्दा प्रदेश सभाको २ क माओवादी केन्द्रका बामदेव क्षेत्री र २ ख मा कांग्रेसका दीर्घबहादुर केसी उम्मेदवार बनेका छन् ।
126
Shares
प्रतिक्रिया