प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि भोजपुर प्रदेश निर्वाचन क्षेत्र नं ‘क’ बाट उम्मेदवारी दर्ता गरेका छन्। मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गरेका हुन्।
भोजपुरमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किरातीले उम्मेदवारी दर्ता गरेका छन्। ख बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन्।
एमालेबाट भने प्रतिनिधि सभामा एमालेबाट पुर्व मुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दिएका छन्।
162
Shares
प्रतिक्रिया