नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आफू कम्तीमा ५० पटक गिरफ्तार भएको बताएका छन्।
दैलेखमा आइतवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
'देउवालाई मेरो प्रश्न छ, पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम के चाहिँ गर्नु भयो?', उनले भने, 'तपाईंले गरेका काम गृहमन्त्री हुँदा र प्रधानमन्त्री हुँदा एमालेका २० हजार कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाउनुभयो।'
उनलले देउवा गृहमन्त्री हुँदा आफूलाई कम्तीमा ५० पटक गिरफ्तार गरिएको बताएका छन्। 'देउवाजी गृहमन्त्री हुँदा म कम्तीमा ५० पटक गिरफ्तार भएँ बहुदल आएपछि', उनले भने, 'देउवाजी गृहमन्त्री र प्रधानमन्त्री हुँदा शान्तिपूर्ण ढंगले बसेका १२२ जनालाई गोली हानेर हत्या गर्नु भयो। कोही घरमा बसेका थिए, कोही साइकलमा हिँडेका थिए, कोही शान्तिपूर्ण कार्यक्रम गर्दा मारिए।'
Shares
प्रतिक्रिया