ad ad

राजनीति


रविको प्रचार टोलीमाथि गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण

रविको प्रचार टोलीमाथि गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १६:९, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्। 

रास्वपाका एकजना नेता दीपक बोहोराले आफूहरुको चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका साथै केही कार्यकर्तामाथि कुटपिट पनि भएको जानकारी दिएका छन्। 

चितवनमा रवि लामिछाने र सत्ता गठबन्धनका कार्यकर्ताबीच घरदैलो अभियानका क्रममा जम्काभेट भएका उनीहरुबीच केहीबेर तनाव उत्पन्न भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले बताएकी छन्। 

‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवाहरु भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ। त्यसपछि एउटा गाडीमा गठबन्धनका कार्यकर्ताले क्षति पुर्‍याएका छन्। ठूलो लफडा छैन’, डीआईजी बज्रचार्यले भनिन्। 

कुरिनटारबाट नारायणगढतर्फ जाने क्रममा उनीहरु जम्काभेट भएका थिए। रविलामिछानेको पक्षले भने गठबन्धनले आफूहरुमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .