ad ad

राजनीति


दौरा-सुरुवालमा सजिएर शपथ लिन पुगे प्रचण्ड

दौरा-सुरुवालमा सजिएर शपथ लिन पुगे प्रचण्ड

नेपालखबर
पुस ११, २०७९ सोमबार १६:१३, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दौरासुरुवालमा सजिएर शपथ लिन राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। 

यसपटक प्रचण्डले दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ खान पुगेका हु्न्। 

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खाँदैछन्। यसअघि दुई पटक प्रधानमन्त्री हुँदा उनले टाइ–सुटमा सजिएर शपथ लिएका थिए। 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित केही मन्त्रीहरूले  पनि शपथ लिँदैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .