ad ad

राजनीति


काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख, आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने

काठमाडौं आइपुगिन् यूएसएआईडी प्रमुख, आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने

यूएसआईडीकी प्रमुख समान्था पावर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १०:५, काठमाडौँ

अमेरिकी विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन्। 

उनले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।

पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ।

नेपाल बसाइमा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .