ad ad

राजनीति


प्रचण्डजीले पुस १० कै सम्झौता अनुसार भोट हाल्नुहुन्छ : ओली

८ दललाई बालुवाटारमा चिया खान बोलाएको दाबी
प्रचण्डजीले पुस १० कै सम्झौता अनुसार भोट हाल्नुहुन्छ : ओली

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १३, २०७९ शनिबार १२:४३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा पुस १० को सम्झौता अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेकै उम्मेदवारलाई भोट हाल्ने दाबी गरेका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले सो कुरा बताएका हुन्। 

‘अलिकति प्रचण्डजीले मलाई दबाब पर्यो, के के पर्यो भनिराख्नुभएको छ,’ ओलीले भने, ‘तर उहाँले सम्झौता अनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन नै छ।’

त्यसपछि ओलीलाई सञ्चारकर्मीले ‘एमालेले ढिलो गर्यो, मतभार त ६२ प्रतिशत ८ दलको छ नि?’ भन्दै प्रश्न गरेका थिए।

जवाफमा ओलीले भनेका छन्, ‘कसले भने छ? दल गनेको कि भोट गनेको? कहाँ ८ दलको समर्थन थियो। चिया खान बोलाएको हो। चिया खान बोलाएका जति सबै भोट हुन्छ?’

साथै, राष्ट्रपतिमा पुस १० मा भएको सहमति पालनका लागि एमालेले पहल गर्नेगरी अहिलेनै सरकारबाट नबाहिरिने निर्णय पनि एमालेले गरेको छ।

एमालेले राष्ट्रपतिको उम्मेदवारमा सुवास नेम्वाङलाई अघि सारेको छ। भने कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .