ad ad

राजनीति


राष्ट्रपति निर्वाचनमा कता जाँदैछ तीन दलको ४१७४ मतभार?

राष्ट्रपति निर्वाचनमा कता जाँदैछ तीन दलको ४१७४ मतभार?

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०७९ सोमबार १७:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन २४ गते मात्रै राष्ट्रपतिका कुन उम्मेदवारलाई मत निर्णय गर्ने भएका छन्। 

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ। रामचन्द्र पौडेल र सुवास नेम्वाङ उम्मेदवार छन्।

पौडेललाई ९ दलको समर्थन छ। नेम्वाङलाई अहिलेसम्म एमाले एक्लैको साथ छ।

संसदको चौथो शक्ति रहेको र १५०१ मतभार रहेको रास्वपाले चुनावको अघिल्लो दिनमात्र निर्णय गर्ने सभापति रवि लामिछानेले नेपालखबरलाई जानकारी दिए।

‘राष्ट्रपति निर्वाचनबारे निर्णय भइसकेको छैन, चुनाव अगाडि गरे भइहाल्यो,’ लामिछानेले भने, ‘तर, दुवै उम्मेदवारसँग सर-सल्लाह भएको छ, उहाँहरुले भोट गर्नुस् भन्नुभएको छ, हामीले निर्णय गरिनसकेको जवाफ दिएका छौं।’

२४५० मतभार रहेको राप्रपाले फागुन २४ गते कार्यसञ्चालन समितिको बैठक बोलाएको छ। त्यही बैठकले निर्णय गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

राप्रपाका अध्यक्षसहितका पदाधिकारीलाई भेट्न रामचन्द्र पौडेल सोमबार पनि पार्टी कर्यालय पुग्दैछन्। 

यसअघि सुवास नेम्वाङले पनि राप्रपाका सांसदहरुसँग भेट गरिसकेका छन्।

फागुन १२ गते नै कार्यसमितिको बैठक राखेर राष्ट्रपतिको चुनावमा प्रस्तावक/समर्थक नबन्ने निर्णय गरिसकेको राप्रपाले चुनावमा कुन उम्मेदवारलाई मत दिने निर्णय फागुन २४ गतेमात्र गर्न लागेको उनले बताए।

‘हामी २४ गते यसबारे निर्णय गर्छाैँ, अहिले केही बोलेका छैनौँ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘सबै विकल्पमा खुला छौँ।’छलफल गरेर सोचविचार गरेर निर्णय गर्छाैँ।’

उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन पाँच दिनपछि काठमाडौं आएकाले थप छलफल हुन पाएको छैन।

संसदको अर्काे घटक नेपाल मजदूरकिसान पार्टीले पार्टीभित्र त्यसबारे छलफल नै नभएको जनाएको छ।

सांसद प्रेम सुवालले २५ गते बिहानसम्म निर्णय गर्न सकिने बताए।

‘अहिलेसम्म पार्टीमा कुनै छलफल भएको छैन, अब कुन समीकरण बन्ने हो थाहा नै छैन, कसको कहाँ सम्पर्क भइरहेको छ,’ उनले नेपालखबरसँग भने। 

राष्ट्रपति चुनावमा नेमकिपाको मतभार २२३ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .