ad ad

राजनीति


कमजोरी खोजेर शान्तिप्रक्रिया नबिथोल्न मोदीको चेतावनी

कमजोरी खोजेर शान्तिप्रक्रिया नबिथोल्न मोदीको चेतावनी

नेपालखबर
फागुन २४, २०७९ बुधबार १८:२५, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कमजोरीका छिद्र खोजेर बृहत् शान्ति सम्झौताको मूल प्रक्रियालाई बिथोल्न नपाइने बताएका छन्। 

सगरमाथा प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवस तथा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तराष्ट्रिय नारी सम्मान एवम् नेपाल सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यसो भनेका हुन्। 

केही पात्रहरुले देशलाई अशान्तितिर लैजान खोजेको मन्त्री मोदीले बताए। ‘द्वन्द्वकालीन मुद्दालाई लिएर मान्छेहरु अशान्ति फैलाउन खोजेका छन्। देशलाई अशान्तितिर लैजाने काम कसैले गर्छ भने त्यो स्वीकार्य हुँदैन’, उनले भने। 

मन्त्री मोदीले पूर्वाग्रही ढंगले सोच निर्माण गरेर केही कदम चालेको बताउँदै जनयुद्धकै देनका कारण मुलुकले महिला राष्ट्रपति र प्रधानन्यायधीश पाएको विषयलाई बिर्सिन नहुने बताए। 

‘कुनैबेला महिलाहरुलाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने एउटा सोच थियो,’ मन्त्र िमोदीले भने, ‘महिलालाई गाउँदेखि केन्द्रसम्म ३३ प्रतिशतसम्म प्रतिनिधित्वि गराउने भूमिका अहिलेका प्रधानमन्त्रीले खेल्नुभएको हो, मुलुकले महिला प्रधानन्यायधीश र राष्ट्रपति पाएको पनि प्रधानमन्त्रीको नेतृत्वमा भएको जनयुद्धले सम्भव भएको हो।’

पशुलाई घरभित्र पस्न दिइने तर दलित भएकै कारण घरबाहिर राख्ने प्रचलनको अन्त्य पनि जनयुद्धबाटै सम्भव भएको मन्त्री मोदीको भनाइ थियो। 

‘हामी सबै शान्ति चाहन्छौँ। हरेक वर्ग, हरेक समुदाय, जात जाति लिंगले न्याय पाउनुपर्छ भनेर हामीले आवाज उठाएका हौँ। हामी शान्ति प्रक्रियामा आइसकेका छौँ, देश शान्ति प्रक्रियामा आइसकेको छ’ मन्त्री मोदीले भने, ‘कमजोरीका छिद्र खोजेर शान्ति प्रक्रिया बिथोल्न खोजिरहेका छन्। त्यस्तो काममा नलाग्न म आग्रह गर्न चाहन्छु।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .