ad ad

राजनीति


ओलीको संकेत : कांग्रेस र एमालेको सरकार बन्न सक्छ, नमिल्ने कसम खाएका छैनौँ

ओलीको संकेत : कांग्रेस र एमालेको सरकार बन्न सक्छ, नमिल्ने कसम खाएका छैनौँ

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १३:४२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। 

बिहीवार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए।

उनले कांग्रेस र एमाले मिल्दै नमिल्ने भनेर कसम नखाएको भन्दै राष्ट्रपति निर्वाचनपछि दुई ठूला दलको सहकार्य हुन सक्ने संकेत गरेका हुन्। 

उनले देशको हितको रक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिनेलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका खेल्ने राष्ट्रपति चाहिएको बताए। 

‌ओलीले यसअघि संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा नभएपछिर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको उल्लेख गरे।

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .