ad ad

राजनीति


उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रचण्ड र नेपालसँग मत मागे

उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रचण्ड र नेपालसँग मत मागे

नेपालखबर
फागुन २९, २०७९ सोमबार १४:३१, काठमाडौँ

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मत मागेका छन्। 

उनले सोमबार प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपाललाई छुट्टाछ्ट्टै भेटेर उपराष्ट्रपतिका लागि मत मागेका हुन्। 

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादवले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारस्थित कार्यालयमा र नेपालसँग कोटेश्वरस्थित निवास पुगेर उपराष्ट्रपतिका लागि मत मागिएको जनाएका छन्। 

उनले दुवै नेतासँगको भेटको तस्बिर ट्विटरमा साझा गरेका छन्। प्रधानमन्त्री प्रचण्डले भेटमा संघीयता र गणतन्त्रको रक्षाका लागि आफू र आफ्नो दलले सबै सहयोग गर्ने बताएको पनि उल्लेख गरेका छन्। 

‘आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार माननीय रामसहाय यादवज्यू मसहितका माननीयज्यूहरु सँगको भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफू र आफ्नो दलले सबै सहयोग रहने जानकारी दिनुभो,’ नेता यादवले लेखेका छन्। 

यस्तै नेता नेपालले उपराष्ट्रपतिमा उम्मेदवार यादवलाई मत दिएर पूर्णरुपमा सघाउने प्रतिवद्धता जनाएको पनि जनाएका छन्। 

‘सता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार जसपाका नेता रामसहाय प्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव नेपालसँग निवासमा पुगेर भोट मागेका छन्,’ नेता यादवले ट्विट गरेका छन्, ‘भेटको क्रममा माननीय माधव नेपालज्यूले भोट दिने र पूर्णरूले सहयोग गर्ने प्रतिबद्धता भो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .