ad ad

राजनीति


गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : रामसहायप्रसाद यादव

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो : रामसहायप्रसाद यादव

उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १०:४६, काठमाडौँ

उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवद्र्धनमा जोड दिने बताएका छन्।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

संविधानको पालना गर्नेकुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए। 

नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भुमिका रहने बताए।

‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ’, उनले भने, ‘संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ। राष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ। म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।’

उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी समेत गरे।

१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .