ad ad

राजनीति


उपराष्ट्रपति जित्ने दाबी गर्दै अष्टलक्ष्मीले भनिन्– १० दलको कदम गलत भयो

उपराष्ट्रपति जित्ने दाबी गर्दै अष्टलक्ष्मीले भनिन्– १० दलको कदम गलत भयो

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १२:१४, काठमाडौँ

उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन बसालिएको टिप्पणी गरेकी छिन्। 

साथै, उनले आफू उपराष्ट्रपति पदमा जित्नेमा ढुक्क भएको पनि बताइन्। शुक्रबार उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन्। 

‘यो मेरो चाहनाको विषय भन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस ग¥यो, स्थितिले पनि महशुस गरायो,’ शाक्यले भनिन्, ‘यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो। त्यहाँ बसेर राजनीतिक हिसावले अधिकार नभएपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न सकिन्छ। म जित्नेमा ढुक्क छु।’

उनले आवश्यक्ताको कारण आफू उपराष्ट्रपतिमा उठेको पनि दाबी गरिन्। 

उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसावबाट काम गर्न नसकेपनि सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा काम गर्न  सकिने उनको भनाई छ। 

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप उनले लगाएकी छिन्। 

‘१० दल एकातिर बसेपनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाको छ, यो एकदमै गलत भयो।’ शाक्यले भनिन्। 

उपराष्ट्रपतिका उम्मेदवारहरू ममता झा, अष्टलक्ष्मी शाक्य र रामसहायप्रसाद यादव। तस्बिर : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .