ad ad

राजनीति


उपराष्ट्रपति निर्वाचन : प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइयो

उपराष्ट्रपति निर्वाचन : प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइयो

मधेश प्रदेशका राज्यमन्त्री आजादलाई एम्बुलेन्सबाट संसद भवन पुर्‍याइयो। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
चैत ३, २०७९ शुक्रबार १४:२०, काठमाडौँ

संसद भवनमा जारी उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर भोट हाल्न ल्याइएको छ।

मधेश प्रदेशमा जनता समाजवादीका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको हो।

राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो। 

अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ। 


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .