उपराष्ट्रपति पदका लागि संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार भएको मतदान सकिएको छ।
बिरामी भएकाले ठूला दलका केही सांसद उपराष्ट्रपतिको निर्वाचनमा मत हाल्न आएनन्।
जन्डिसको समस्याका कारण चीनमा उपचाररत माओवादी उपमहासचिव वर्षमान पुनले पनि मतदानमा भाग लिन पाएनन्।
त्यसैगरी मधेश आन्दोलनका क्रममा प्रहरी हत्या आरोप लागिरहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि मत हाल्न आएनन्।
उनले आफू बिरामी भएकाले मतदानमा भाग लिन नआएको जानकारी दिएको एमाले सचेतक महेश बर्तौला बताए।
त्यसैगरी कांग्रेस सांसद चन्द्र भण्डारी पनि मतदानमा सहभागी भएनन्। उनी एलपी ग्यास विस्फोटमा घाइते भएर अहिले भारतको मुम्बईमा उपचाररत छन्।
त्यसैगरी अर्की सांसद मनोरमा शेरचन पनि बिरामी भएकाले मतदानमा सहभागी हुन आइनन्।
अर्कातिर फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भइसकेकाले रामचन्द्र पौडेलले पनि मतदान गर्न पाउँदैनन्। उनको सांसद पद नै रिक्त भएर अब तनहुँ १ मा उपनिर्वाचन हुनेछ।
मतदाता सूचीमा रहेकी जनता समाजवादीकी सांसद सहनाज रहमानको पनि मृत्यु भइसेको छ।
राष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसद
१. रामचन्द्र पौडेल-राष्ट्रपतिमा निर्वाचित
२. चन्द्र चण्डारी (बिरामी)
३. बर्षमान पुन (बिरामी)
४. सनाज रहमान (मृत्य)
५. लक्ष्मी कोइरी महतो (फरार)
६. मनोरमा शेरचन (बिरामी)
दलतर्फ
१. राप्रपा संघ १४, प्रदेश २८ गरी जम्मा ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा ४ जना
संघमा २१ जना र प्रदेशमा ३२ जनासहित जम्मा ५३ जना मतदानमा सहभागी भएनन्।
प्रतिक्रिया