ad ad

राजनीति


चैत १० सम्म सरकार विस्तार : प्रधानमन्त्री प्रचण्ड

चैत १० सम्म सरकार विस्तार : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १७:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रवार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारको बारेमा पनि छलफल गर्ने बताए।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .