ad ad

राजनीति


संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान

नेपालखबर
चैत ४, २०७९ शनिबार ७:३४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन्। शनिबार बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन्। 

शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतल निवास बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। 

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न लागेका हुन्। 

पौडेल गत २५ फागुनमा भएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रपति निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .