राजनीति


प्रदेश नामकरणविरोधी प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

प्रदेश नामकरणविरोधी प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा

नेपालखबर
चैत ४ , विराटनगर

कोशी प्रदेश नामकरविरुद्धमा हुनसक्ने सम्भावित प्रदर्शनको आकलन गर्दै विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

नामकरणको विरोधमा पहिचान पक्षधरको आन्दोलनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

स्थानीय प्रशासनले शनिबार एक सूचना जारी गदै विराटनगरको अस्पताल चोक क्षेत्रमा रहेको प्रदेशसभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोक र मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।

यस्तै जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकलाई पनि प्रशासनले निषेधित क्षेत्र तोकेको छ।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

चैत ५ गते कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको नामकरणको माग सहित १ नं प्रदेश पुनःनामकरण संयुक्त संघर्ष समितले प्रदर्शनको तयारी गरेको छ।

समितिले राजधानी विराटनगरमा वृहत् प्रदर्शनको तयारी गर्दैछ। प्रदर्शनको जानकारी पाएपछि स्थानीय प्रशासनले अघिल्लो दिन शनिबार नै निषेधित क्षेत्र घोषणा गरेको हो ।

चैत ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.