राजनीति


राष्ट्रपति पौडेलले तोडेको त्यो चलन, नागरिकले गरे फरक अनुभव (भिडिओसहित)

राष्ट्रपति पौडेलले तोडेको त्यो चलन, नागरिकले गरे फरक अनुभव (भिडिओसहित)

नेपालखबर
चैत ४ , काठमाडौँ

काठमाडौँका सडकमा राष्ट्रपति सवारी हुँदा कुटाइसमेत खानुपरेको पीडा भोगेका नागरिकले आज भने फरक अनुभव गरे।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले आज यसअघिको परम्परा तोड्दै सडक खाली नगराईकन वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।

शीतल निवासबाट राष्ट्रपति निस्किँदा सडक खाली गराई सर्वसाधारणलाई दुःख दिने गरिएकामा आज राष्ट्रपति पौडेलले त्यस्तो अवस्था आउन नदिएका हुन्। 

राष्ट्रपति पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका हुन्। 

कुमारी घरमा राष्ट्रपति रामचन्द्र पाैडेल। तस्बिर : रासस

आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए। 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए। 

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन्। 

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए। राष्ट्रपतिले कुमारी घरमा चिया पिएको यो पहिलोपल्ट हो। यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन।

यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ।

राष्ट्रपति पौडेल वसन्तपुर जाँदाको भिडिओ

चैत ४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.