ad ad

राजनीति


जुम्लाको पिपलगाउँमा मिसन ग्रासरुट, रिजाल भन्छन् : प्रचण्ड नेतृत्वको सरकार जनविरोधी

जुम्लाको पिपलगाउँमा मिसन ग्रासरुट, रिजाल भन्छन् : प्रचण्ड नेतृत्वको सरकार जनविरोधी

नेपालखबर
चैत ९, २०७९ बिहिबार १४:१, काठमाडौँ

नेकपा (एमाले) द्वारा जारी मिसन ग्रासरुट अभियान अन्तर्गत बिहीबार बिहान जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको छ। 

भेलालाई नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सम्बोधन गरे। 

‘अहिलेको सरकार जनविरोधी छ भन्ने यसका एकपछिका अर्का निर्णयहरुले देखाइरहेको छ। त्यसैले यसलाई जनदबाब दिएरै ठाउँमा ल्याउनुपर्छ', उनले भने, 'मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने, कृषि मलमा अनुदान घटाउने जस्ता जनविरोधी निर्णयहरु हाम्रै दवावका कारणा रोकिएका छन्। यसबाट पनि के देखिन्छ भने यस सरकारलाई अझ बढी जनदवाव आवश्यक छ। त्यसका लागि सशक्त प्रतिपक्षका रुपमा पार्टीलाई अघि बढाउन हामी गाउँबस्तीबाट जुट्नुपर्छ।’

वडा कमिटी अध्यक्ष दिलबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य मेनका रेग्मी, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, जिल्ला कमिटी सदस्य प्रवलनाथ योगी, लोकेन्द्रराज गिरी, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकायलगायत उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .