ad ad

राजनीति


न्यूनतम साझा कार्यक्रम तय गर्न सत्तारुढ मुख्य चार दलको बैठक

न्यूनतम साझा कार्यक्रम तय गर्न सत्तारुढ मुख्य चार दलको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०७९ बिहिबार १४:३५, काठमाडौँ

सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा जारी छ। सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न मुख्य चार दलको बैठक बालुवाटारमा बसिरहेको हो। 

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन्। 

बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। 

यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो। 

बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको नेताहरुले बताएका थिए। 

बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल भएको जानकारी दिएका थिए। 
‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ,’ बैठकपछि उनले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भएको छ।’

सरकारलाई विश्वासका मत दिएका दलहरु मध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा छलफल नभएको उनको भनाइ थियो। 

‘आज भर्खरै छलफल प्रारम्भ भएको छ। त्यस कारण यसले यति मन्त्रालय भन्ने कुरा भइसकेको छैन,’ लेखकको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .