ad ad

राजनीति


लोसपाले गठबन्धनसँग खोज्यो सरकारमा सम्मानजनक भूमिका

लोसपाले गठबन्धनसँग खोज्यो  सरकारमा सम्मानजनक भूमिका

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०७९ बिहिबार १५:५८, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। 

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्। 

उनले निर्वाचन अघिको नै गठबन्धन ब्यूँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए। 

उनले गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय बैठकले गरेको बताए।

शरदसिंह भण्डारी

‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे हाम्रो छलफल भयो। सरकार गठन प्रक्रियाबारे पनि छलफल भएको छ। हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ। गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ', उनले भने, 'यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय भएको छ।'

उनले सरकारमा सम्माजनक भूमिका खोजेका छन्। 'गठबन्धनमा भएका पार्टीहरुको सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने मान्यता छ। संगठन बिस्तार र पार्टीलाई नयाँ ढंगबाट अघि बढ्ने निर्णय भएको छ। उपनिर्वाचनमा पनि भाग लिन आवश्यक तयारी गर्ने निर्णय छ', उनले भने, 'बारा २ मा हाम्रो उम्मेदवार हुनु स्वभाविक हो।’

वरिष्ठ नेता भण्डारीले बैठकले पार्टीको संगठन बिस्तार गर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन निर्णय गरेको पनि बताए। 

उनले बारा २ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट पनि उम्मेदवारी दिने कुरा स्वभाविक रहेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .