ad ad

राजनीति


शेखर भन्छन् : सरकारमा जान नपाउनेले चित्त नदुखाउनु होला

शेखर भन्छन् : सरकारमा जान नपाउनेले चित्त नदुखाउनु होला

फाइल तस्वीर


नेपालखबर
चैत ९, २०७९ बिहिबार २०:७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई जनभावनाअनुसार काम गर्न आग्रह गरेका छन्। 

बालुवाटारस्थित सम्पर्क कार्यालयमा शुक्रबार सम्पन्न छलफलमा उनले पार्टीका तर्फबाट मन्त्री बन्ने सांसदहरुलाई जनभावनाअनुसार काम गर्न आग्रह गरेका हुन्। 

कोइरालाले पार्टीले पाउने मन्त्रालयको संख्या थोरै भएकाले थोरै नेतामात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्न जाने भन्दै जिम्मेवारी नपाउने नेताहरुलाई चित्त नदुखाउनसमेत आग्रह गरेका छन्। 

‘धेरै साथीहरु आकांक्षी हुनुहुन्छ। कमै साथीहरु सरकारमा जाने हो। सरकारमा जाने साथीहरु जनभावनाअनुसार राम्रोसँग काम गर्नुहोला,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले भने, ‘नजाने साथीहरुले चित्त नदुखाउनु होला। अर्को पटक पालो आउँछ।’

उनको सचिवालयले मन्त्रीका आकांक्षीहरुको सामुहिक धारणा बुझ्न छलफल गरिएको बताएको छ।

‘मन्त्रीका लागि घरमा इन्डिभिजुअल्ली सांसदहरु आउने क्रम चलिरहेको छ,’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘आकांक्षी सांसदहरुसँग सामुहिक रुपमा घारणा बुझ्न भेटघाट गर्नुभएको हो।’

बैठकमा सहभागी एक नेताले इतर समूहबाट मन्त्री छान्ने जिम्मा नेता कोइरालालाई दिइएको पनि बताए। तर, थपलियाले कुनै निर्णय नभएको प्रतिक्रिया दिए। ‘मन्त्री छान्ने त उहाँले नै हो। तर, कुनै निर्णय भएको होइन,’ उनले भने। 

इतर समूहका नेताहरु नेता कोइरालाले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन्। यद्यपि, उनले सरकारमा सहभागी हुने बारे मुख खोलेका छैनन्। 

इतर समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु तेजुलाल चौधरी, डिगबहादुर लिम्बूलगायत मन्त्रीका आकांक्षी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .