नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रका पक्षधरलाई राजा गतिलो नभएको बताएका छन्।
उनले 'राजा आऊ, देश बचाउ' भन्नेलाई नेपालमा कुन राजा गतिला थिए भनेर प्रश्न गरेका छन्।
शुक्रबार काठमाडौंमा सम्पन्न नेकपा एसनिकट भूपू सैनिककको कार्यक्रममा बोल्दै उनले भने, 'अहिले तपाईं देखिरहनुभएको छ, राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। नेपालमा राजा कुनै गतिला छ?’
उनले राजाहरू भ्रष्टाचारबाट उन्मुक्त नभएको, सुशासनका पक्षपोषक नभएको र त्यागीतपस्वी नभएको बताए। उनले भने, 'राजाहरू भ्रचाटारबाट उन्मुक्त छन्र? सुशासनका पक्षपोषक छन्र? त्यागी तपश्वी छन्रु जोगी सन्यासी भएर आएका छन्र?'
उनले पूर्वयुवराज पारस शाहलक्षित टिप्पणी गर्दै उनी भोगी भएको आक्षेप लगाएका छन्। दाह्री पालेर पारस जोगीजस्तो देखिए पनि झुक्किन नहुने टिप्पणी उनले गरे। उनले भने, ‘छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर। तर नझुक्किनुस्, दारी पालेर जोगी होइन त्यो भोगी हो।’
प्रतिक्रिया