ad ad

राजनीति


कुँवरलाई आईजीपी बनाउन प्रचण्डलाई देउवाको फोन

कुँवरलाई आईजीपी बनाउन प्रचण्डलाई देउवाको फोन

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १४:१४, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्। 

शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। 

देउवा नेतृत्वको सरकारले कुँवरलाई गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरेको थियो। प्रचण्ड नेतृत्वको सरकारले गत साता पहिलो नम्बरमा नै बढुवा गरेको हो।

केही दिनमै सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले कुँवरलाई आईजीपी बनाउन जोड गरिरहेको छ। प्रचण्डले एमालेनिकट मानिने श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने चर्चाबीच देउवाले टेलिफोन गरेका हुन्। ज्ञवालीलाई आईजीपी बनाउन माओवादीका नेताहरु पनि लागि परेका छन्। 

तर आजै बस्ने मन्त्रिपरिषद् बैठकले शनिबारदेखि नेतृत्व लिनेगरी आईजीपी नियुक्त गर्ने छ। अब बन्ने आईजीपीले अहिलेकै अवस्थामा पनि २ वर्ष नेतृत्व गर्नेछन्। 

तर संघीय प्रहरी ऐन बनाउने तयारी अगाडि बढेकाले ३० वर्षे हट्ने र आईजीपीको कार्यकाल लम्बिने छ। आईजीपीका लागि कुँवर र ज्ञवालीसँगै एआईजीहरु टेकप्रसाद राई, दीपक थापा र किरण बज्रचार्य पनि दाबेदार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .