ad ad

राजनीति


पूर्वगृहमन्त्री खाणले भेटे प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवलाई

पूर्वगृहमन्त्री खाणले भेटे प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवलाई

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १५:१२, काठमाडौँ

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन्। 

केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकुल सरकार बनाउने कसरत भएका बेला पूर्वगृहमन्त्री खाणले प्रधानमन्त्री दाहाल र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटेका हुन्। 

प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो। 

प्रधानमन्त्री दाहालसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावशालीरूपमा सञ्चालन गर्ने विषयमा कुराकानी भएको थियो। 

‘प्रधानमन्त्री प्रचण्डज्यूसँग बालुवाटारमा भेट भयो। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्नेबारे कुराकानी भयो,’ नेता खाणले भने, ‘संघीय सरकार विस्तार भएपछि प्रदेशहरूमा पनि गठबन्धन अनुकुलका सरकार विस्तार गर्नबारेमा कुराकानी भयो।’ 

गठबन्धनलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका नेता खाणसँग प्रधानमन्त्री दाहालले सत्ता भागबण्डाबारे पनि कुराकानी गरेका थिए।

जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पनि केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुकुलको सरकार निर्माणलगायतबारे कुराकानी भएको खाणले जानकारी दिए। 

२०७९ मा भएको प्रतिनिधि सभा प्रदेशसभा निर्वाचनअघिको गठबन्धन सरकारमा गृहमन्त्री रहेका खाण प्रतिनिधि सभा निर्वाचन पश्चात पनि लेनदेनमा कम्प्रोमाइज गरेर भए पनि गठबन्धन टुटाउन नहुने पक्षमा थिए। 

२०७४ सालको निर्वाचनपछि बनेको नेकपा नेतृत्वको सरकारलाई फुटाएर त्यसबेला गठबन्धन निर्माण गर्ने सुत्रधारका रुपपा खाण रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .