ad ad

राजनीति


राष्ट्रियसभाका लागि नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

राष्ट्रियसभाका लागि नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

नेपालखबर
पुस २०, २०७६ आइतबार ७:३५,

राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले मनोनयन दर्ता गरेका छन्।

आइतबार प्रवक्ता श्रेष्ठले नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा मनोनयन दर्ता गरेका हुन्।

यस्तै नेकपाकी अर्की उम्मेदवार भगवती न्यौपानेले पनि नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उम्मेदवारी दर्ता गरेकी छन्।

मध ९ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ।

श्रेष्ठ गत संसदीय निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट पराजित बनेका थिए भने न्यौपाने गत स्थानीय निर्वाचनमा भानु नगरपालिको मेयरमा पराजित बनेकी उम्मेदवार हुन्।

बिहीबार नेकपाको सचिवालयले राष्ट्रियसभाका रिक्त १६ पदमा प्रवक्ता श्रेष्ठसहितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

राष्ट्रियसभाका रिक्त १८ मध्ये राजपालाई प्रदेश २ मा २ सिट दिएर नेकपाले १६ सिट लिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .