ad ad

राजनीति


जनकपुरमा नेकपा र राजपाको पहिलो संयुक्त जुलुस

जनकपुरमा नेकपा र राजपाको पहिलो संयुक्त जुलुस

शैलेन्द्र महतो
पुस २०, २०७६ आइतबार ८:११,

राष्ट्रियसभाको निर्वाचनका लागि मनोनयन दर्ताका क्रममा जनकपुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले  संयुक्त जुलुस निकालेका छन्।

आइतबार उम्मेदवारको मनोनयन दर्ताका लागि दुई दलले जनकपुर उपमहानगरपालिका ४ जिल्ला अदालत चोकमा रहेको नेकपाको कार्यालयबाट संयुक्त जुलुस निकालेका हुन। नेकपा र राजपाको संयुक्त जुलुस जनकपुरमा पहिलोपटक निस्केको हो। सत्ता गठबन्धनमा खटपट भएपछि यसअघि दुई दलबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको थियो।

जुलुस नेकपाको कार्यालयबाट राम चोक, मुरली चोक हुँदै निर्वाचन कार्यालयमा पुगेको थियो।

प्रदेश २ बाट राष्ट्रियसभाका चार सिटमा सत्तारुढ दल नेकपा र राजपाले दुई-दुई सिटका लागि भागवण्डा गरेका छन्।

नेकपाबाट राधेश्याम पासवान (सर्लाही) र तुल्सा दाहाल (सर्लाही)ले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै प्रदेश २ का चार सिटमा प्रतिपक्षी दल नेपाली कांग्रेस र हालसालै सरकारबाट बाहिरिएको समाजवादी पार्टीले पनि दुई दुई सिट भागवण्डा गरेका छन्। कांग्रेसले नगिना यादव (महोत्तरी) र भोला पञ्जियार (धनुषलाई उम्मेदवार बनाएको छ भने समाजवादी पार्टीले रामलाल पासवान र अनिरुद्र यादवलाई उम्मेदवार बनाएको छ।

कंग्रेस र समाजवादीले भने दिउँसो २ बजेपछि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .